श्रीलंकन राष्ट्रपतिले भने -बुद्धको जन्मस्थल नेपाल हाम्रो मनमा बसेको छ

श्रीलंकन राष्ट्रपतिले भने -बुद्धको जन्मस्थल नेपाल हाम्रो मनमा बसेको छ

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, ३ मंसिर।

नवनिर्वा्चित श्रीलंकन राष्ट्रपति गोतबया राजपक्षेले बुद्धको जन्मस्थल नेपाल सधै मनमा बसेको बताएका छन् । उनले नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्मरण गर्दै प्रशंसा गरेका हुन् । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाँडै भेटको अपेक्षा समेत गरेका छन् ।
राष्ट्रपतिमा निर्वा्चित भएपछि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् दिएको बधाई स्वीकार्दै उनले आफूलाई बधाई दिएकोमा प्रम ओलीलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, ’तपाईंले दिएको शुभकामनाका लागि हार्दिक धन्यवाद! बुद्धको जन्मस्थल भएका नेपालले हाम्रो मन मष्तिष्कमा विशेष स्थान लिएर बसेको छ।’
अडाडि लेखिएको छ, ’म सार्क क्षेत्र भित्रमा शान्तिपूर्ण सह(अस्तित्व र आर्थिक प्रगतिलाई बढावा दिने प्रयासमा जुट्नेछु। र, तपाईंसँग चाँडै भेट हुने अवसरको प्रतीक्षामा रहेको छु।’

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई भन्दा बिम्स्टेकलाई पहिलो प्राथमिकता दिइरहेका बेला श्रीलंकन राष्ट्रपतिले भने सार्क क्षेत्रबीच आर्थिक सहयोगको बढावा र भाइचारा अभिवृद्धिको अपेक्षा गरेका हुन्।

बौद्ध धर्मवालम्बी बाहुल्य देश श्रीलंकामा करिब ७० प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बीको रहेको छ। नेपालको लुम्बिनी उनीहरुको प्रमुख धार्मिक गन्तब्य हो।

श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजापक्षेका भाइ गोतबया राजपक्षे केही दिनअघि नयाँ राष्ट्रपति निर्वा्चित भएका थिए। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी सजीत प्रेमदासालाई हराएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी