विश्वकप छनौटमा आज नेपालले कुवेतसँग खेल्ने

विश्वकप छनौटमा आज नेपालले कुवेतसँग खेल्ने

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, मंसिर ३ ।

फिफा विश्वकप छनोट प्रतियोगिताअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा अपरान्ह पौने तीन बजे सुरु हुनेछ । दशरथ रंगशालामा समयमै बन्न नसक्दा नेपालले आफ्नो होम म्याच भुटानमा खेल्न लागेको हो ।

कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ। यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो।

तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ। छनोटको समूह बीमा नेपाल समूहको चौंथो स्थानमा छ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा छैनन् ।

राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ