रूसद्वारा नियन्त्रणमा लिइएका यूक्रेनी पानीजहाज फिर्ता

रूसद्वारा नियन्त्रणमा लिइएका यूक्रेनी पानीजहाज फिर्ता

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मस्को, २ मंसिर ।

रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ । “सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको छ ,” रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । यद्यपि यसबारे यूक्रेनी पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

रूस र यूक्रेन छुट््याउने एजोज समूद्रको सीमा क्षेत्र (केर्च स्ट्रेट)बाट गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै रूसी सेनाले गत बर्ष ती जहाजलाई नियन्त्रणमा लिएको थियो । कब्जामा लिइएका पानीजहाज हस्तान्तरणमा रूसी तथा यूक्रेनी सेनाका उच्च अधिकारी तथा विदेशमन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको मस्को स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ