राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौँ, २ मङसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रिय समाबेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ।

यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार राष्ट्रपति भवन शितलनिवासमा मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै । तस्बिर ः रोशन सापकोटा

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सोमबार राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रिय समाबेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै । तस्बिर: रोशन सापकोटा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ