काठमाडौ, मंसिर २ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले आज आवदेकहरुको नाम सार्वजनिक गरेको छ ।
सिफारिस समितिले आह्वान गरेको दरखास्त भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत गरी ६१ जनाको नाम आज समितिले सार्वजनिक गरेको हो ।
मेलमिलाप आयोगको अध्यक्ष हुन कमलनारायण दास र मधुप्रसाद रेग्मी इच्छुक रहेकोमा समितिले गणेशदत्त भट्टको नाम थप गरेको जनाएको छ । यस्तै, युवराज सुवेदीे दुवै आयोगको अध्यक्ष हुन चाहनुभएको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष वा सदस्य बन्ने इच्छुकमा १० जनाको नाम छ ।
सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने, गोपीचन्द्र भटट्राई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहले दुवै आयोगको अध्यक्ष वा सदस्यका लागि फाराम भरेको समितिले जनाएको छ ।
समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व पदाधिकारी मञ्चला झा र श्रीकृष्ण सुवेदी तथा बेपत्ता छानविन आयोगका लोकेन्द्र मल्लिक, आइबहादुर गुरुङ्ग र नरकुमारी गुरुङ्गको नाम थप गरेको छ ।
सार्वजनिक नामबारे कुनै उजुरी भए पाँच दिनभित्र समितिको सचिवालय सिंहदरबारमा पुग्ने गरी उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ । त्यसपछि समितिले दुबै आयोगका अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्नेछ ।