काठमाडौं मंसिर २ ।
बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा नेपाल बंगलादेशको यू–२३ टोलीसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ३९ रनको चुनौती बंगलादेशले २४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । कप्तान नाज्मुल हुसेन शान्तोले अविजित ५९ रन बनाउँदा मोहम्मद नइमले ४५ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो ।
सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाए । योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ । भारत र हङकङ्गवीचको जारी खेलले नेपालको सेमिफाइनल समिकरण तय गर्नेछ।
हङकङ्गले भारतलाई पराजित गरेमात्र नेट रन रेटका आधारमा नेपालको सेमिफाईनल पुग्ने सम्भावना रहन्छ । नेपाललाई हराएको घरेलु टोली बंगलादेश भने समूह चरणको ३ वटै खेल जितेर ६ अंकसहीत समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।