काठमाडौं, मंसिर २ ।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टिमले आज भारतको राष्ट्रिय टिमसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । बैंगलोरको साउदर्न साई कभर्डहलमा हुने यी दुई टोलीको मैत्रीपूर्ण खेल साँझ ५ बजेपछि हुनेछ ।
यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।
नेपाली टोलीले भारतमा बिहान ७ देखि ९ र बेलुका ३ देखि ५ बजेसम्म दुई चरणको तयारी गरिरहेको छ । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline