२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए ।उनले नाचेको सोहि फोटो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
उक्त फोटोबारे मिश्रीत प्रतिकृया समेत आएका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टिप्पणी गरेका छन् ।
नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा हात हल्लाउदै गरेको देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।
एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।
नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/LOD.LordOfTheDrinks/videos/2659592027467411/?t=0