भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणविरुद्ध अखिल (क्रान्तिकारी)द्धारा ईटहरीमा प्रदर्शन

भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणविरुद्ध अखिल (क्रान्तिकारी)द्धारा ईटहरीमा प्रदर्शन

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

सुनसरी, २ मंसिर ।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अखिल (क्रान्तिकारी)ले सोमवार सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुनसरीले सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन र र्याली गरेको हो ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेर आफ्नो साम्राज्यवादी र हेपाहा चरित्र उदाङ्गो पारेको भन्दै प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी दिए ।

इटहरीको जनता कलेज बाट शुरु भएको बिरोध र्याली बिराटनगर बसपार्क हुँदै इटहरी मुख्य सडक बाट बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सुनसरीका विभिन्न क्याम्पसमा अध्ययनरत ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागी रहेको अखिल(क्रान्तिकारी) सुनसरीले जनाएको छ ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) सुनसरीका बिजय ताजपुरियाले भारतिय साम्राज्यवाद एवम् हस्तक्षेप विरुद्ध विद्यार्थीहरुले आवाज उठाईरहने बताए ।

राष्ट्रयताको पक्षमा अन्तिम स्वास रहुन्जेलसम्म लड्ने प्रतिबद्धता जनाउदैँ उनले भने, ‘ नेपाली भूमिमाथिको अतिक्रमण हाम्रा लागि सह्य छैन, सीमा रक्षका लागि बिद्यार्थीहरुले बलिदान गर्नुपर्छभने हामी तयार छौ । तर भारतीय साम्राज्यवादका अगाडि घुडा टेकेर हाम्रो भूमी मिच्न दिदैनाँै ।’

उनले सत्तामा रहेकाहरुकै कारण भारतले पटक पटक नेपाली भूमिमाथि अतिक्रमण गर्ने गरेको भन्दै देश बेच्ने दलाल र भ्रष्टहरुको बिरुद्ध कडा कदम चाल्ने पनि चेतावनी दिए ।

यसअघि शनिवार अखिल (क्रान्तिकारी)ले पूवी कमाण्ड अन्तरगत मेची कोशी व्युरोकै झापामा समेत प्रदर्शन गरेको थियो ।

काठमाडौँमा ब्यापक विद्यार्थीको उपस्थितिमा प्रदर्शन शुरु गरेको अखिल (क्रान्तिकारी)ले यसअघि धनगढि, बाँके, कपिलबस्तु लगायतका ठाँउमा भारतीय हस्तक्षेपको विरुद्ध प्रदर्शन गरेको र उक्त प्रदर्शन जारीरहने अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ