१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने बताएका छन् ।
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै उनले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताए । परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वाभाविक रहेको भन्दै उनले देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् ।
अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको उनकाे भनाइ छ । अर्थमन्त्री खतिवडाले अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको भने, ‘यो वर्ष अवसर छ आउनुस्, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ, उनले भने । उनको यो भनाइ स्टार्टअप व्यवसायतर्फ थियो ।