काठमाडाैं, १ मंसिर ।
बेल्जियमले सन् २०२० को युरोकप छनोट खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘आइ’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले हरायो ।
बेल्जियमको जितमा इडेन हाजार्डले दुई तथा थोर्गन हजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । बेल्जियम र रसिया यस अघिनै युरोकपमा छनोट भइसकेका छन् ।
खेलमा बेल्जियमले १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट अग्रता लिएको थियो । ३३औं मिनेटमा इडन हजार्डले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल थपे । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोलगर्दै टोलीको अग्रता फराकिलो बनाए । त्यसपछि ७९औं मिनेटमा रसियाका जियोर्जी झिकियाले सान्त्वना गोल फर्काएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline