गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिताःफाईनल खेल आईतबार हुने

गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिताःफाईनल खेल आईतबार हुने

  • शनिबार, कार्तिक ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

धनगढी, कार्तिक ३० ।
धनगढीमा भईरहेको गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता फाईनल खेल आईतबार हुने भएको छ । दुई दिने प्रतियोगिता भएपनि प्राविधिक कारण प्रतियोगिताको फाईनल एक दिन सारिएको हो ।
फाईनल पुगेको हिलवल्र्ड स्कुल विरुद्ध वाहिरको खेलाडी राखेको भन्दै उजुरी परेपछि फाईनल खेल आईतबार हुन लागेको आयोजकले जनाएको छ ।
आईएचआईटी कलेजले हिलवल्र्ड विरुद्ध उजुरी हालेपछि त्यसको छानविनका लागि एक दिन प्रतियोगिता सारिएको हो । आईएचआईटी कलेज हिलवल्र्डसँग सेमिफाईनलमा ७–३ ले पराजित भएको थियो ।

हिलवल्र्डका खेलाडी प्रदिप मडै कैलाली वहुमुखी क्याम्पसमा पढिरहेको आईएचआईटी कलेजको दावी गरेको छ भने हिलवल्र्ड सो खेलाडी आफ्नो विद्यालयमा कक्षा ९ मा अध्ययन गरिरहेको दावी गरेको छ । त्यसका विषयमा आयोजकले आईतबार निर्णय दिने जनाएको छ । अव यी दुवै मध्येको एक टीमले उपाधिका लागि नेक्सस एजुकेशनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेक्ससले सेमिफाईनलमा त्रिनगर माविलाई ४–२ ले हराएको हो । नेक्ससले यसअघि शनिवार नै भएको क्वाटरफाईनलमा लिटल फ्लावरलाई ७–३ ले हराएको थियो ।

यता त्रिनगरले क्वाटरफाईनलमा टेम्पल होटेल म्यानेजमेन्टलाई ६–३ ले हराएको थियो । यता फाईनलसम्म पुगेको हिलवल्र्डले क्वाटरफाईनलमा ऐश्वर्य विद्या निकेतनलाई ८–१ ले हराएको थियो । आईएचआईटी कलेजले क्वाटरफाईनलमा पञ्चोदयलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो । दुवै टीमले निर्धारित समयमा १–१ को वरावरी खेलेका थिए ।

गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा भईरहेको गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता भईरहेको छ । १३ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउनेछ । तल्लो तहदेखि नै फुटसल खेलको विकास गर्न र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अर्भिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ