दाङ, ३० कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता दाङबाट प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो सवा एक बजेतिर दाङको बबई गाउँपालिका वडा नं. ५ ट्वाङखोलाबाट बबई गाउँपालिका एरिया ईन्चार्ज निम बहादुर डाँगी ‘रक्तिम’लाई प्रहरीले पक्राउ गरेको हो ।
दाङ बबई गा.पा. वडा नं. ५ बबपुर बस्ने वर्ष ३२ बर्षिय डाँगीको साथबाट प्रदेश ३ को ०२००७ प १२०४ नं. को मोटरसाईकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
त्यसअघि हिजो नेकपाका कार्यकर्ता दाङ शान्तिनगर गाउपालिका बडा नं। १ बस्ने ३० बर्षिय प्रकाश बुढा मगर लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो उनलाई पनि ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ ।