झापा, ३० कार्तिक ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले देशव्यापी प्रदर्शन गरेको छ ।
यसैक्रममा अखिल (क्रान्तिकारी)मेची कोसी क्षेत्रीय समन्वय समितीले झापाको दमकमा हजारौं विद्यार्थीसहित विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य नतासा सुवेदी लगायतले सम्बोधन गरेका थिए । अखिल (क्रान्तिकारी)मेची–कोसी क्षेत्रीय समन्वय समितिद्वारा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट बिधार्थीहरुको उपस्थिति रहेको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline