फिनल्याण्ड जारी युरोकपमा पहिलो पटक छनोट

फिनल्याण्ड जारी युरोकपमा पहिलो पटक छनोट

  • शनिबार, कार्तिक ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ३० कार्तिक । फिनल्याण्ड जारी युरोकपमा पहिलो पटक छनोट भएको छ । छनोट प्रतियोगितामा कप्तान पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे ।

नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरोकप छनोटमा गएराति भएको खेलमा लिचेस्टाइनलाई ३–० ले हराएको हो । फिनल्याण्ड मुख्य प्रतियोगिता नखेल्ने एकमात्र उत्तरी युरोपेली देश रहँदै आएको थियो । तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

जितसँगै समूह ‘जे’को दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्न सफल भएको छ । उसले एक खेल बाँकी रहँदै तेस्रो स्थानको ग्रिससँग ७ अंकको अग्रता लियो ।

शीर्ष स्थानको इटालीले ९ खेलबाट २७ अंक बटुलेको छ । त्यसैगरी लिचेस्टाइन २ अंक सहित तालिकाको पुछारमा छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा इटालीको शतप्रतिशत जित कायम छ । इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले हराएको हो ।

जितसँगै इटालीले ९ खेलबाट २७ अंक जोड्दै समूह विजेता बन्ने टुङ्गो लगाएको छ भने, बोस्निया १० अंकसहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ