काठमाडौँ, ३० कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचार ‘फलोअप’ का लागि शनिबार पुन: ग्रान्डी अस्पताल जाने भएका छन् ।मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्ने भएकाले डाक्टरहरूले बोलाएकाे कारण शनिवार पुन अस्पताल जान लागेका हुन् । अरू जाँच पनि हुन्न सक्ने बताइएकाे छ ।
सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् । शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले शुक्रवारकाे मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली लगातार डायलसिस गरिरहनुभन्दा फेरि मिर्गौला प्रत्यारोपण गर्ने पक्षमा भएकाले उनका निकटस्थ र चिकित्सिकहरूले त्यही विषयमा परामर्श गरिरहेका छन् । तत्कालका लागि स्वदेशमै उपचार गर्ने र मंसिर १४ को उपनिर्वाचनपछि थप उपचारका लागि विदेश जाने मनस्थितिमा प्रधानमन्त्री रहेकेा निकटस्त बताउछन्र ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline