तनहुँमा सडक दुर्घटनामा परी एक वर्षमा ५६ जनाकाे मृत्यु

तनहुँमा सडक दुर्घटनामा परी एक वर्षमा ५६ जनाकाे मृत्यु

  • शुक्रबार, कार्तिक २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

तनहुँ, २९ कार्तिक । तनहुँमा सडक दुर्घटनामा परी एक वर्षको अवधिमा ५६ जनाले ज्यान गुमाएका छन् । कतिपय चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको छ भने केही दुर्घटना पैदलयात्रुको कारणले पनि हुँदै आएको छ ।

विशेषगरी ओभर स्पिड र ओभरटेक गर्दा दुर्घटना बढी भएको पाइएको छ । तर, सम्बन्धित निकाय भने यस विषयमा बेखबर जस्तै बनेको छ । अत्यधिक सवारी चाप हुँदा पनि साँघुरा सडकलाई चौडा बनाउने बिषयमा कसैले पहल नगर्दा दिनदिनै सवारी दुर्घटना बढ्दै गएको हो ।

पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागी चेकजाँचमा कडाइ गरेको छ । दिनमा मात्रै नभई रातको समयमा पनि प्रहरीले चेकजाच गर्दै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ