बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्कदैं

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्कदैं

  • शुक्रबार, कार्तिक २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

काठमाडौं, २९ कार्तिक । चार दिने नेपालको राजकीय भ्रमण सकेर बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्कदैं छन् ।

बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्नुहुने कार्यतालिका छ ।

हिजो पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए । उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति हमिद आज अपरान्ह साढे चार बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ