भारतीयले गराए रौतहट प्रहरी चौकीमा बम विष्फोट, एक प्रहरी घाईते

भारतीयले गराए रौतहट प्रहरी चौकीमा बम विष्फोट, एक प्रहरी घाईते

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कार्तिक २६ गौर । रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ।

मंगलबार दिउँसो अज्ञात समूहले गराएको बिस्फोटबाट एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रन्जित कुमार यादव रहेका छन् । उनको पाखुरामा सामान्य चोट लागेको छ । बिस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ ।

बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेका छन् ।उनले किन विष्फोट गराएका हुन् एकीन हुन सकेको छैन । हाल नेपालमा भारतले कालापानी सहित नेपाली भूमि सहितको नक्सा सार्वजनिक गरे पछि भारत विरुद्ध चर्को नारावाजी भईरहेका बेला भारतीिय नागरिकले वम विष्फोट गराउनु आश्चर्यको विषय बनेको विष्लेषकहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ