नेविसंघको नारा : “केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो“

नेविसंघको नारा : “केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो“

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् । केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो लेखिउैको व्यानर सहित राजधानीमा विद्यार्थीहरु नाराबाजी गगरीरहका थिए ।

नक्सा नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिँदै नेविसंघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ । भारतले सीमा मिच्दासमेत मूकदर्शक भएको, कूटनीतिक पहल नगरेको भन्दै सरकारविरुद्ध पनि चर्को नारावाजी गरेका थिए ।

विद्यार्थीको आन्दोलनको कारण चावहिल, गौशाला क्षेत्रमा केही बेर यातायात अवरुद्ध भएको थियो ।

यसै गरी देशका अन्य भागमा पनि नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ