लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर देशको नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर देशको नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि भारतले अतिक्रमण गरेको बारे संसद्को ‘राज्य व्यवस्था तथा सुशासन समिति’ले छलफल गरेको छ । बैठकले यी तीनै क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

सोमबारको समिति बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल  र भूमिसुधारमन्त्री पद्मा अर्यालको समेत सहभागिता थियो । नेपालको सार्वभौमिकता जोगाउन उच्चस्तरीय कूटनीतिक र राजनीतिक वार्ता अघि बढाउन जरुरी रहेको भन्दै समितिले पाठ्यक्रममा पनि नेपालको नक्सा सुधार गर्न आवश्यकता देखेको छ । लिम्पियाधुरासम्मलाई पनि समेटेर नयाँ नक्सा सार्वजनिक गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

नेपाल र भारतबीचमा कालापानी र सुस्तालाई लिएर अलि बढी नै समस्या रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ थियो । यो दुवै इलाकामा जटिल समस्या रहेको दुवै देशले स्विकारेको समेत उनले बताए । प्रचण्डले भने, ‘भारत भ्रमणमा जाँदा हामीले सीमाको सबै समस्या टुंग्याएर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छौँ । सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतबीच छलफल हुँदै आएको विषय पनि हो । प्रमहरूको भारत भ्रमणमा र साझा वक्तव्यमा पनि यो विषयले प्रवेश पाउँछ । पहिलाका सरकारले यस विषयलाई उठाउन अलि गाह्रो भएको हाम्रो अनुभव थियो, तर अहिले अवस्था फेरिएको छ ।’

ऐतिहासिक तथ्यहरूमा विश्वास गरेर अघि बढ्नसमेत प्रचण्डको सुझाब थियो । उत्तेजना फैलाएर समस्याको समाधान नहुने उनले बताए । सीमाको समस्या कूटनीतिक र राजनीतिक तहबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो । प्रचण्डले भने, ‘हामीलाई अरूको जमिन पनि चाहिएन । हाम्रो पनि दिँदैनौँ ।’ नेतृ पम्फा भुसालले भारतीय अतिक्रमण रोक्नका लागि सिमानामा नेपाली सेनालाई परिचालन गर्नुपर्ने बताएकी थिइन् । यो विवादलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

सुगौली सन्धिले तोकेको नक्सालाई नै भारतले आधिकारिक मान्नुपर्ने भुसालको तर्क छ ।  कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता ल्याउन सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्नेसमेत उनले बताइन् ।

समिति सदस्य डिला संग्रौलाले सीमाको समस्या सचिवस्तरीय नभएर नेपाल र भारतका प्रधानमन्त्रीबीच ‘वान टु वान’ छलफल हुनुपर्ने माग गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ