बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो ।

आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । राष्ट्रपति हमिद आज साँझ नेपालस्थित बङ्गलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन दुई देशबीच हुने मुख्य कार्यक्रम सकिने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । जसअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनादेशी, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगात पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दल नेतालाई बुधबार नै भेट्नेछन् । उनको महत्त्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल ¥याडिनमा हुने जनाइएको छ ।

तेस्रो दिन बिहीबार राष्ट्रपति हमिद ‘रि ट्रिट’का लागि पोखरा जानेछन् । त्यहाँ उनले फेवा तालमा केहीबेर बोटिङ गर्नेछन् । त्यसैगरी उनले पोखराको विभिन्न स्थानको दृश्यावलोकन गर्नेछन् र काठमाडौं फर्किनेछन् । त्यसैगरी भ्रमणको अन्तिम दिन शुक्रबार चद्रागीरी जाने कार्यक्रम छ । उनी शुक्रबार साँझ ५स्०० स्वदेश फर्कने छन् ।

तीन दशकपछि नेपाल र बङ्गलादेशबीचमा यो स्तरको भ्रमण हुन लागेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन९सार्क०को स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा यस्तै उच्चस्तरको भ्रमण भएको थियो । सार्क सम्मेलनका समयमा भएको त्यो भ्रमणलाई द्विपक्षीय भ्रमण भनिँदैन ।

यद्यपी २०४५ असोजमा १६ मा तत्कालिन राजा वीरेन्द्रको निम्तो मान्न बङ्गलादेशका तत्कालिन राष्ट्रपति हुसेन मोहम्मद आर्सदले नेपालको एक दिवसीय सद्भाव भ्रण गरेका थिए । सार्क तथा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास९बिम्स्टेक० र बीबीआईएनजस्ता मञ्चको शीखर सम्मेलनमा बङ्गलादेशबाट प्रमुख कार्यकारी तहमै नेपालको भ्रमण भएको छ ।

हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी