शिक्षकलाई तलब खुवाउन महायज्ञ

शिक्षकलाई तलब खुवाउन महायज्ञ

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिनुभयो । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि चार जनाको मात्रै दरबन्दी छ । विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।

“धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौँ तर उपलब्ध भएन”, प्रध्यानाध्यापक बोहोराले भन्नुभयो, “माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।” विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उहाँले बताउनुभयो । महायज्ञमा सङ्कलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उहाँले बताउनुभयो ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई

जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकांशं विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफैँ आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । यस्ता धार्मिक महायज्ञमा पण्डितले उठेको रकम जति आफूले लैजाने र बाँकी बोलकबोल रकम आयोजक संस्थालाई छाड्ने गरेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले लैजाने रकमको सुनिश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइनेछ ।

स्थानीयवासीको रकम बाहिरिँदै

विभिन्न ठाउँमा सञ्चालन गरिने धार्मिक महायज्ञमा अधिकांश रकम बाहिर जाने गरेको छ । स्थानीयवासीले विद्यालयको भलाइका लागि भनेर दिएको रकम पण्डित, प्रचारप्रसार र अतिथि सत्कारलगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ । त्यसले गर्दा महायज्ञबाट सङ्कलित रकम विद्यालयमा प्रयोग हुन पाउँदैन । नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले धार्मिक महायज्ञका नाममा व्यापार भइरहेको प्रतिक्रिया दिनुभयो । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामग्री सबै स्थानीयस्तरकै हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी