दुरव्यवहारका कारण कारण युरो छनौट खेलमा इङ्ल्याण्डका फरवार्ड रहिमलाई लाग्यो प्रतिवन्ध

दुरव्यवहारका कारण कारण युरो छनौट खेलमा इङ्ल्याण्डका फरवार्ड रहिमलाई लाग्यो प्रतिवन्ध

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं । इङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने भएका छन् ।

इङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्वको खेलमा रहिम स्टर्लिङलाई समावेस नगराउने निर्णय गरेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताए ।

इङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसँग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिममा सहभागी नगराएको जनाएको छ ।

२४ वर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसँग विवाद गरेका थिए ।

उक्त खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । बिहिबार हुने खेलमा जित हासिल गरेमा इङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ