भव्य समारोहमा सम्बन्ध सुत्र पुस्तक सार्वजनिक

भव्य समारोहमा सम्बन्ध सुत्र पुस्तक सार्वजनिक

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ुुसम्बन्ध सूत्रू संयुक्त हाइकु सङ्ग्रह १७४ं१६ं४ पृष्ठको सो पुस्तक बेलबारी(१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।
पूर्वाञ्चल हाइकु सङ्धबाट प्रकाशित भएको उक्त पुस्तकमा १,५७२ वटा हाइकुहरू समावेश रहेको छ । बेलबारी नगरपालिकाको तर्फबाट र ढाका पराजुली बेलबारी नगरपालिका उपप्रमुखबाट साहित्य र संस्कृति प्रति यसरी पुस्तक प्रकाशित भएकोमा पुस्तकको भूमिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।


कार्यक्रममा वरिष्ठ कवि, गीतकार, साहित्यकार, गायक एवं हाइकुकार सुरेन्द्र महर्जनुुअमरू लगायत समारोहमा पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली, वरिष्ठ साहित्यकार मिश्र वैजयन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पून्यप्रसाद खरेलबाट सार्गर्भित मन्तव्य सहित हाइकु बाचन गर्नु भयो भने कार्यक्रम संचालन हेमसागर पोखरेलले गरेको थियो भने हाइकु बाचन ईरान राई, सुमी लोहनी, जे बि। थुलुङ्ग, डा। लोकराज पराजुली, डा. चूडा ढकाल, प्रा. जगत उपाध्याय ुप्रेक्षितु, रेखा सुवेदी, रामप्रकाश अर्याल ुुअविरामू, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, भीम कुमारी राई, लगायत पुस्तकमा समावेश हाइकुकारहरूबाट हाइकु वाचन गरिएको थियो । कार्यक्रम तिला लेकालीको सभापतित्वमा संचालन भएको थियो । ११६ जना हाइकुकारहरूको रचना सार्वजनिक उक्त ुुसम्बन्ध सुत्रुु ९हाइकु सङ्ग्रह० पुस्तकभित्र रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी