फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ।
आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो।
यसअघि नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो। तर खेल खेलाउन चाहिने मापदण्ड नपुगेकाले एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गरेको थियो।
एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए।
२०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline