आर्मीलाई हाम्रो गोल्डकपको उपाधि

आर्मीलाई हाम्रो गोल्डकपको उपाधि

  • सोमवार, कार्तिक २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बनियानी, २५ कात्तिक । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

आज भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो । आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने बनेका छन् ।

विजेता आर्मीले नगद रू १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद रु छ लाख २५ हजार पुरस्कार पाएका छन् । विजेता तथा उपविजेतालाई प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभयो । भारतका दुई टोलीसहित १० टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

प्रदेश नं– १ का मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । सो गोल्डकपको समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रमा युवाको आकर्षण बढ्दै गएकाले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ