तिमिल्सिना समाजले गर्यो राष्ट्रियसभाका अध्यक्षदेखि कलाकार, पत्रकारलाई सम्मान(फोटोफिचर)

तिमिल्सिना समाजले गर्यो राष्ट्रियसभाका अध्यक्षदेखि कलाकार, पत्रकारलाई सम्मान(फोटोफिचर)

  • सोमवार, कार्तिक २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं ।
तिमिल्सिना समाज नेपालले आफ्नो १३ औं स्थापना दिवशको अवसरमा राष्ट्रियसभाका अध्यक्षदेखि जनप्रतिनिधि, कलाकार साहित्यकार, पत्रकार तथा समाजसेवीलाई सम्मान गरेको छ । शनिवार ललितपुरको नेसनल ल कजेलमा आयोजित कार्यक्रममा तिमिल्सिना बंसजभित्र जन्मेर बिभिन्न पेसा व्यावसायमा आबद्ध भई समाजमा विशेष योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गरेको हो ।
जसमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना देखि तीनै तहमा निर्वाचित जनप्रतिनिधि, पत्रकार, साहित्यकार, कलाकार र समाजसेवी रहेका छन् । साथै तिमिल्सिना समाज नेपालका संस्थापक, संरक्षक, सल्लाहकार, पूर्व पधाधिकारी र समाजलाई विशेष योगदान दिनेहरुलाई पनि सम्मान गरेको थियो भने सस्थातर्फ ललितपुरमा रहेको नेशनल ल कलेज, मिर्मिरे अनलाई र आत्मालिन सहकारी सस्था तथा समाजको उत्कृष्ट प्रदेश कार्यसमिति अन्तरगत प्रदेश १ लाई पनि सम्मान गरिएको थियो । समाजले मरणपरान्त सम्मान पूर्वान्चल क्षेत्रमा समाजको स्थापनाकालदेखि योगदान गर्नुभएको स्व.अनिरुद तिमल्सिनालाई दिएको छ ।
सम्मानित सबैलाई राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले रुद्राक्षको मालाई लगाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा राष्टिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सििना , प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिम्सिना, समाजका संरक्षक डा. रामकृष्ण तिमल्सिना, ज्योतिस पण्डित बृङ्घमराज तिमल्सिना लगायतले सम्वोधन गरेका थिए ।
सम्मान कार्यक्रममा देशभरबाट समाजका सबै प्रदेशका प्रमुख, जनप्रतिनिधि, पत्रकार, कलाकार, साहित्यकार तथा समाजका संरक्षक, सल्लाहकारहरुको उपस्थिती थियो। समाजका वरिष्ठा उपाध्यक्ष दिपकराज तिमिल्सिनाले स्वागत मन्त्यव्य, सचिव टपेन्द्र तिमिल्सिनाले समाजका गतिबिधिमाथि प्रकास पार्नुभएको थियो । भने समाजका महासचिव होम प्रसाद तिमिल्सिनाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी