अखिल (क्रान्तिकारी)द्धारा नेता-कार्यकर्ता पक्राउको विरोध, थप आन्दोलनमा उत्रन युवा विद्यार्थीलाई अपील ( विज्ञप्ति सहित )

अखिल (क्रान्तिकारी)द्धारा नेता-कार्यकर्ता पक्राउको विरोध, थप आन्दोलनमा उत्रन युवा विद्यार्थीलाई अपील ( विज्ञप्ति सहित )

  • आइतवार, कार्तिक २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौं कार्तिक २४ । नेपाली भूमि भारतले अतिक्रमण गरेको बिरोधमा काठमाडौंमा शनिवार आयोजित प्रदर्शनमा हस्तक्षेप गरि प्रहरीले दर्जनौ बिद्यिार्थी नेता कार्यकर्तालाई गिरफ्तार गरेकोप्रति अखिल (क्रान्तिकारी)ले भत्र्सना गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी)का अध्यक्ष चीरन्जीवी ढकालले आज साझँ एक विज्ञप्ति जारी गरी भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारे पछि त्यसको विरुद्ध प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि लाठी चार्ज गर्नुका साथै धरपकड र गिराफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
माईतीघरको बिरोध कार्यक्रमबाट कार्यक्रमबाट गिरप्तार हुनु ुने संगठनका नेता कार्यकर्ताहरुमा प्रभाग भट्टराई, गोविन्द विष्ट, संग्राम शाही, रोशन शाही, डम्वर विक, पारश तिरुवा, सुरज लामिछाने, नविन विष्ट, हस्त विक, छत्र विक, दयाराम लुहार, पुर्णचन्द्र खड्का, सुवास महत, रन्जन लिम्वु, सुरज कोईराला, प्रितम गुरुङ्ग, हरि विष्ट (उदयपुर), दिपक केसी, अनिलश्रेष्ठ, मेगेन्द्र न्यौपाने, सुजन सापकोटा, राजेश यादव लगायतका ४२ जना रहेको ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै सो कार्यक्रममा सवोधन गर्न पुगेका गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र्र निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमााझीलाई पनि पक्राउ गरिएको भन्दै विना शर्त सबैलाई रिहा गर्न अध्यक्ष ढकालले माग गरेका छन् ।
विज्ञप्तिमा “भारतीय साम्राज्यवादसामु आत्मसमपर्ण गर्ने, देशको स्वाधिनता र भौगोलिक अखण्डतामाथी विदेशीले नाङ्गो हस्तक्षेप गर्दा रक्षा गर्न नसक्ने नालायक राष्ट्रघाती दलाल सरकारले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा हाम्रो देशको ३७४ वर्ग किमी सिमाना मिचेको विरोधमा उत्रिएका युवा विद्यार्थीमाथी गरेको यस प्रकारको निर्मम दमनले यो सरकारको नक्कली राष्ट्रवादी मुुकण्डो उत्रिएको छ र यो फाँसिवादी सरकार विदेशीको दलाल भएको र भारतीय साम्र्राज्यवादसँग यसको घाँटी जोडीएको प्रष्ट भएको छ । राष्ट्रघातीहरूको दलाल पुँजीवादी संसदिय व्यवस्था र शासनको अन्त्य नै असली अर्थमा नेपालको राष्ट्रियता र सिमानाको रक्षाको सुरुवात हुने विषय पनि यो घटनाले प्रमाणीत गरेको छ ।“
नेपालको राष्ट्रियता र सीमानाको रक्षा गर्नुपर्ने यो समयमा फाँसिवादी एवं राष्ट्रघाती सरकारको दमनको प्रवाह नगरि आन्दोलनमा उत्रन पनि अखिल क्रान्तिकारीले आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी