भारतले सीमा मिचेकोमा विरोध चर्कदै जाँदा दिल्लीमा पत्रकार सम्मेलन, निहित स्वार्थ समूहले विवाद ल्याएको आरोप

भारतले सीमा मिचेकोमा विरोध चर्कदै जाँदा दिल्लीमा पत्रकार सम्मेलन, निहित स्वार्थ समूहले विवाद ल्याएको आरोप

  • बिहिबार, कार्तिक २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, २१ कार्तिक ।
भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा र  लिपुलेकलाई समेटेपछि नेपाल सुरु भएको चौतर्फि विरोध पछि भारतले बिहिवार पत्रकार सम्मेलन गरि सीमा नमिचेको अभिव्यक्ति दिएको छ ।

भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताए ।

बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तो बताएका हुन् । ’हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि वा हेरफेर गरिएको छैन’, रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उनले आरोप लगाए ।

’हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोर्होयाउँछौं’, उनले भने, ’साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरुविरुद्ध एकजुट हुनु जरुरी छ।’ ती स्वार्थ्विरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उनको भनाइ छ ।

भारत सरकारले हालै कालापानी क्षेत्र आफ्नो भूमिमा पार्ने गरी सार्वजनिक गरेपछि नेपालका विभिन्न राजनीतिक दल तथा समूहहरु आन्दोलित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ