भूमी अतिक्रमणविरुद्ध संघर्षमा उत्रियो अखिल (क्रान्तिकारी), नेपाली शासककै कारण भारतीय दादागिरी बढ्योः ढकाल

भूमी अतिक्रमणविरुद्ध संघर्षमा उत्रियो अखिल (क्रान्तिकारी), नेपाली शासककै कारण भारतीय दादागिरी बढ्योः ढकाल

  • बुधबार, कार्तिक २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, २० कात्तिक । भारतद्धारा नेपाली भूमीमाथि भएको अतिक्रमणको बिरुद्धमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पनि संद्दर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपालका शासक भारतीयलगायतका विदेशी शक्तिको दास भएकै कारण नेपाली भूमीमाथि अतिक्रमण भएको पनि बताएको छ ।
संगठनका अध्यक्ष चिरन्जीवी ढकालले बुधवार विज्ञप्ति जारी गरि नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको बताएका छन् । उनले राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता भए वर्तमान ओली सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती समेत दिए।
उनले भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिल समेत गरेका छन । अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपाल माथि भारतीय दादागिरीको अन्त्यका लागि भन्दै अखिल (क्रान्तिकारी)ले संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ ।
जसअन्तरगत यहि कात्तिक २० देखि २३ गतेसम्म वुद्धिजीवि, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने , २२ गते भारतीय दुतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा उजुरी दिने , २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्ने रहेका छन् ।
यस्तो छ विज्ञप्ती

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ