काठमाडौं, २० कार्तिक ।
ईरानमा आज सुरु हुने एएफसी यू–१९ छनोट च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो । खेल तेहरानस्थित पीएएस मैदानमा नेपाली अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिता खेल्न नेपाली टिम गत सोमबार नै ईरान गएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले युएईविरुद्व खेल्न नेपाली टिम तयार रहेको बताए ।
छनोट प्रतियोगिताको नेपाल समूह डीमा छ । नेपालल युएईसगै शुक्रबार घरेलु टोली ईरान र आईतबार कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह शीर्ष टिमले सोझै फाईनल चरणमा स्थान बनाउनेछ । प्रशिक्षक केसीले टिमका मुख्य खेलाडी मानिएका व्रिजेश चौधरी, राष्ट्रिय टिमको क्लोज क्याममा समेत रहिसकेको नितिन थापा तथा शिशिर लेखीलाई टिमबाट बाहिर राखेर अन्तिम टिमको घोषणा गरेका थिए ।