एमसीसीविरुद्व नेपालको तीन दिवसीय ’फस्ट क्लास’ क्रिकेट आजबाट

एमसीसीविरुद्व नेपालको तीन दिवसीय ’फस्ट क्लास’ क्रिकेट आजबाट

  • बुधबार, कार्तिक २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २० कार्तिक ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्व नेपाली सिनियर राष्ट्रिय टोलीले आजबाट तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेल्दै छ ।

नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ ।

नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो ।

अन्तिम पटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो ।

लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसंग र पोखराको टिमसंग टी–ट्वान्टी म्याच खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ