रौतहट बमकाण्डः आलमको बयान आज हुने, बयान सकिएलगत्तै थुनछेक बहस

रौतहट बमकाण्डः आलमको बयान आज हुने, बयान सकिएलगत्तै थुनछेक बहस

  • बुधबार, कार्तिक २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

रौतहट, २० कार्तिक ।
१२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसँग आज पनि बयान लिईदै छ । मंगलवार बयान नसकिएपछि आलमसँग बुधबार पुनः बयान लिइने रौतहट जिल्ला अदालतले जनाएको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराए पछि बयानका लागि अदालत लगिएको हो।

प्राविधक कारणले बयानमा ढिला भएकाले आज बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवालले जानकारी दिए । बयान सके लगत्तै आजै थुनछेक बहस हुनेछ ।

स्रोतका अनुसार घटना नै नभएको जिकिर गर्दै आलमले अदालतमा समेत इन्कारी बयान गरेका छन्।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा आलमविरुद्ध तीनवटा कसुरमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो। जिल्ला अदालतका न्यायधीश दीपक ढकालले बयान लिएका हुन्।

बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिवादी बनाइएको छ। घटनामा देखे सुनेकाहरुले प्रहरी समक्ष बयान दिइसकेका छन्।

घटनाका घाइतेहरुले भारतको मोतिहारीमा उपचार गराएका थिए। उनीहरुले घटनाबारे उस बेला ज्यानको खतरा हुने भन्दै बताउन नसकेको प्रहरीको बयानमा उल्लेख छ। घटनाका जानकारहरु समेत आलमको डरले बोल्न चाहेनन्। घटनाको १२ वर्ष पछि राजपुरको मुद्दा अदालत समक्ष पुगेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ