पूर्वाञ्चल गोल्डकप: पुलिस क्लब सेमिफाइनलमा

पूर्वाञ्चल गोल्डकप: पुलिस क्लब सेमिफाइनलमा

  • मङ्लबार, कार्तिक १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

कनकाई, १९ कात्तिक ।

नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफ टोलीलाई पराजित गर्दै ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको क्वाटरफाइनलमा पुलिस क्लबले एपीएफलाई ५–४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय ‘टाइब्रेकर’बाट गरिएको थियो । पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवालले गोल गरेका थिए । एपीएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा एपीएफले गोल गर्दै अग्रता लिएको थियो । उसका लागि हरि कार्कीले गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा पुलिसले गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । पुलिसका लागि भोला सिलवालले गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ भएका सिलवालले रु १० हजार पुरस्कार प्राप्त गरे । बुधबार त्रिभुवन आर्मी क्लब र भारत आसामको मोलवे एफसीबीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ