पूर्वसभामुख महराको मुद्दामाथि थुनछेक बहस जारी

पूर्वसभामुख महराको मुद्दामाथि थुनछेक बहस जारी

  • सोमवार, कार्तिक १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, १८ कार्तिक । जबर्जस्ती करणी उद्योगको मुद्धा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आज पनि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस भइरहेको छ । हिजो न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सुरु भएको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट चार जनाले बहस गरेका थिए ।

सरकारी वकिलहरुको बहस सकिएपछि महरा पक्षका वकिलहरुको बहस सुरु भएको थियो ।  महराको पक्षमा भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए भने आज रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गर्ने बताइएको छ ।

गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि हिजो उक्त मुद्धामाथि बहस थालिएको हो ।महराको पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । महराको पक्षमा वहस गर्न ३२ जना कानुन व्यवसायीले नाम लेखाएकोमा त्यसलाई ६ जनामा सीमित गरिएको छ ।

प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ