काठमाडौं १६ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्नुभएको छ । आज बसेको मन्त्री परिषद्ले गसातै प्रदेशका प्रमुखहरुलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
प्रदेश प्रमुखलाई बर्खास्त गरिएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यस अघि शेरबहादुर तामाङ कानून मन्त्री हुँदा पनि प्रदेश प्रमुखहरुलाई हटाउने सहमती भएपनि हटाउन सकिएको थिएन । २०७४ साल माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुखहरुको नियक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline