युवा संघको ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगियो, कुन जिल्ला कस्को भागमा ? हेर्नुहोस् सूचीसहित

युवा संघको ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगियो, कुन जिल्ला कस्को भागमा ? हेर्नुहोस् सूचीसहित

मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय

  • आइतवार, कार्तिक १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

१७ कात्तिक, काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकाे जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

युवा संघ संयोजक रामप्रसाद सापकोटाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको र नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्ने बताए ।

त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ । संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समितिसमेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् ।

युवा संघले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका इञ्चार्ज तथा सहइञ्चार्जमा केन्द्रीय समितिका सदस्यहरूलाई पठाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ