गोरखामा बम भेटिएको हल्ला फैलिएपछि स्थानीय त्रसित

गोरखामा बम भेटिएको हल्ला फैलिएपछि स्थानीय त्रसित

  • आइतवार, कार्तिक १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

गोरखा, कात्तिक १७ ।
गोरखामा आज विहान केहिबेर बमको हल्लाले त्रास फैलिएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु बम नरहेको खुलेको छ । गोरखा नगरपालिका–१२, आठकिलोमा बिहान नक्कली बम फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि निरीक्षक नेतृत्वको एक प्रहरी टोली त्यसतर्फ गएको थियो । टोलीले खतरा लेखिएको कार्टुनभित्र बम नभएर माटो र तामाको तार मात्र फेला पारेको नेपाल प्रहरीका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडकबीचमा शंकास्पद वस्तु भेटिएपछि त्रसीत बनेको जनजीवन अहिले सामान्य बनेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ