कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो

कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो

  • शनिबार, कार्तिक १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कपिलवस्तु, १६ कात्तिक ।
कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ । जिल्ला प्रशासनले आज बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो । लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो ।

दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । सो घटनापछि लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको कपिलवस्तु प्रहरीले जनाएको छ । जारी निषेधाज्ञा हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

बिहीबार राति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, निषेधाज्ञालाई क्रमशः घटाउँदै लैजानेलगायतका बुँदा रहेका छन् ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ