पूर्व सांसद राम लखन महतोको बसको ठक्करबाट मृत्युु

पूर्व सांसद राम लखन महतोको बसको ठक्करबाट मृत्युु

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जनकपुरधाम, कार्तिक १५ ।
बसको ठक्करबाट पुर्व सांसद रामलखन महतोको मृत्यु भएको छ । शुक्रबार धनुषाको जनकपुर–ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका वडा नं. २ विश्वकर्मा चौकमा यात्रुबाहक बसको ठक्करबाट नेकपाका पूर्व सांसद महतोको मृत्यु भएको हो।

साविकको घर बटेश्वर गाउँपालिका–१ बाट साईकल चलाउदै हालको घर महेन्द्रनगर जादै गरेका ६२ वर्षीय महतोलाई शैक्षिक भ्रमणकालागि काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टमकालागि अहिले उनको शव अस्पतालमा राखिएको छ । २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली काँग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए ।

उनको एक छोरा र एक छोरी छन् । ठक्कर दिएका बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ