कपिलवस्तुमा अझै कर्फ्यु जारी, प्रहरीकाे गोली लागी मृत्यु भएका सुरजको शव आफन्तले बुझे

कपिलवस्तुमा अझै कर्फ्यु जारी, प्रहरीकाे गोली लागी मृत्यु भएका सुरजको शव आफन्तले बुझे

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

कपिलवस्तु, कात्तिक १५ ।

कपिलवस्तुको सीमा नाका कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडपमा एकजनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु अझै जारी रहेकाे छ ।

झडपमा भारतीय नागरिक सुरज पाण्डको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

‘पोस्टमार्टम’पछि सुरजको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको अझै स्पस्ट माग नआएको बताइएको छ ।

स्थानीय प्रशासनले मृतकका आफन्तसित सहमति गर्न नसके केन्द्रीय प्रशासनलाई सिफारिस गर्ने बताइएको छ ।

यसैबीच, बिहीबार राति १ बजेतिर प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर–५ प्रहरी प्रमुख, एसपी, डीएसपीलगायतको उपस्थितिमा लक्ष्मीपूजाको मूर्ति विसर्जन गराइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ