चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक

चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, १३ कात्तिक ।
रोमानियामा सम्पन्न चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले काँस्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेपालका तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा सात जनाको समूह सहभागी भएको थियो ।

यसैगरी सहायक टोली नेतामा रेजा थापासहित कनिष्ठ (जुनियर) तर्फ तीन र वरिष्ठ (सिनियर) तर्फ दुई विद्यार्थी सामेल थिए । नेपालका लागि एस्ट्रोनोमी तथा एस्ट्रोफिसिक्सको ओलम्पियाडमा यो उपलब्धि हालसम्मकै उच्च भएको अध्यक्ष भट्टराईले सुनाउनुभयो ।

नेपाललगायत २० देश सम्मिलित प्रतियोगितामा नेपालका लागि राहुल रञ्जन साहले कास्य पदक हात पारेका हुन् । साह नेपालमा सञ्चालित छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको जुनियरतर्फका नेपाल प्रथम हुन् । तीन चरणमा सञ्चालन हुने राष्ट्रिय एस्ट्रोनोमी प्रतियोगिताको प्रथम चरणमा जनकपुरको सिद्धार्थ शिशु सदनमा कक्षा १० मा अध्ययनरत साह हाल माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

नेपालबाट सिनियरतर्फ विश्व आदर्श सेकेन्डरी स्कुल, इटहरीका यमन आचार्य तथा सेन्टजेभियर्स स्कुल, जाउलाखेलका आकाश गुरुङ सहभागी भएका थिए । जुनियरतर्फ सिद्धार्थ शिशु सदन, जनकपुरका राहुल रञ्जन साह, सेन्टमेरिज स्कुल, जाउलाखेलकी सुरभी लुइँटेल तथा सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुल, घट्टेकुलोकी भूमि कायस्थ सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ