म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा

म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

डिफेन्डिङ च्याम्पियन म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै सिटी अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे । २०औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

३८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता २–० मा लम्ब्याए । ५६औं मिनेटमा अयुएरोले अर्को गोल गरेपछि सिटीले ३–० को अग्रता लियो ।

७५औं मिनेटमा साउथह्याम्टनका ज्याक स्टेफेन्सले गोल गरेर सिटीको अग्रता ३–१ मा छोट्याए ।

यस्तै गएराति नै भएका अन्य खेलमा लेस्टर सिटी र एभर्टन पनि क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

यसैबीच रियल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

गएराति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरे ।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा पकड जमाउन सफल भएको छ । १० खेलबाट उसले २२ अंक बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ