आईसीसी ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपालको एक स्थान सुधार

आईसीसी ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपालको एक स्थान सुधार

  • मङ्लबार, कार्तिक १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंगलबार, १२ कार्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले अपडेट गरेको ट्वेन्टी–ट्वेन्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ ।

अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ ।

स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ । नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

ट्वेन्टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् ।

दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ