कार्तिक १२ काठमाण्डौं । सत्तारुढ नेकपाका विद्यार्थी नेता आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राई पक्राउ परेका छन्। एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
उनले काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। पीडित किशोरीको उजुरीका आधारमा राई पक्राउ परेका हुन्।
प्रहरीले किशोरीले बताएअनुसार घटनास्थल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । । उनका अनुसार किशोरीको स्वास्थ्य जाँच भइरहेको छ। राई सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियका केन्द्रीय सदस्य हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline