संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव

संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी भएको बताउनुभयो । उहाँले तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो पार्टीको माग रहेको छ भन्नुभयो ।

कृषि क्षेत्रको विकास नभएसम्म मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दैै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि कमला–कोशी डाइभर्सन आयोजनाको काम अगाडि बढाउनुपर्ने बताउनुभयो । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न कृषि क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामूहिक खेतीको अवधारणा अगाडि बढाउन लागेको उल्लेख गर्नुभयो । सो अवसरमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गादान दिनुभएका जगदीश यादव र भिखरु यादवलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ