भारतीय दादागिरीः ईलामको सन्दकपुरमा निर्माण गर्न थालिएको भ्यू टावर एसएसबीले रोक्यो

भारतीय दादागिरीः ईलामको सन्दकपुरमा निर्माण गर्न थालिएको भ्यू टावर एसएसबीले रोक्यो

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

ईलाम कार्तिक ११ । नेपाली सिमा क्षेत्रमा पसेर भारतीय सुरक्षाबलले दुखः दिदै आएको समाचार नौलो होईन तर उसले नेपालकै ईलाम जिल्लाको सन्दकपुर गाँउपालिकामा निर्माण हुन लागेको भ्यू टावरमा हस्तक्षेप गरेको छ ।
भारतीय एसएसबीले भ्यु टावर बन्दै गरेको जग्गा हाम्रो भन्दै रोक लगाएको सन्दकपुरका स्थानीयले बताए ।
सो क्षेत्र सदियौ देखि नेपालीले भागचलन गरेको र त्यसको पूर्जा पनि नेपालसगैँ रहेको छ । सिमामा टेन्ट टागेर हतियार सहित बसेको एसएसबीले नेपाली भूमिमै व्यवशाय गर्दा समेत दुखः दिने गरेको स्थानीयवासीको गुनासो छ ।

इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन । भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ । इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको सिमा प्रसासन कार्यलयका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउनुहुन्छ ।
मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेकाछन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन । बरम्बार सिमाक्षेत्रमा भएको विषयमा राजनैतिक नेता भने नेपाल र भारतको सिमाना बैज्ञानीकरण नगरे सम्म सँधै समस्या भईरहने र यसका लागी सरकारले काम गरीरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ राजधानीले खबर लेखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी