मरेको लाशबाट गहना चोरीयो, सोधपुछ गर्दा प्रहरीको कुटाइमा हातै भाचियो !

मरेको लाशबाट गहना चोरीयो, सोधपुछ गर्दा प्रहरीको कुटाइमा हातै भाचियो !

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको मृतकको शरिरबाट गहना चोरी भएको छ । पोखरीमा डुबेर मृत्यु भएकी एक महिलाको शरिरमा रहेको सुनको सिक्रि र औंठी अस्पतालका कर्मचारीले शुक्रबार चोरी गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अस्पतालमा पोष्मार्टममा काम गर्ने कर्मचारीहरु देवआनन्द राई र पूर्ण विकले चोरी गरेका हुन् । पोष्टमार्टम गर्नुअघि मृतकको शरिरमा गहना नदेखेपछि आफन्तले प्रहरीसँग सोधपुछ गरेका थिए । त्यसपछि अनुसन्धान गर्ने क्रममा उनीहरुकै साथबाट गहना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

चोरीको आरोपमा अस्पतालका दुई कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भन्दै उजुरी परेको छ । भरतपुर अस्पतालमा खटिएका हवल्दार जमिर अलि शेखले कुटपिट गर्दा हात भाँचिएको उनीहरुको भनाई छ ।
प्रहरीले भने गहना हराएपछि सोधपुछ गर्ने क्रममा दुवै पक्षबीच सामान्य हातपात भएको र भाग्न खोज्ने क्रममा विकको हात भाँच्चिएको जनाएको छ ।

हातपातको विषयमा हवल्दार राईमाथि छानबिन भइरहेको तर भाग्ने क्रममा नै विक घाइते भएको डिएसपी कोइरालाले बताए । चोरीको विषयमा सोधपुछको क्रममा दुई पक्षबीच विवाद भएको थियो । यो खबर नया पत्रिका दैनिकलले लेखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी