जनगायक शर्माको छोराको उपचारमा सहयोग

जनगायक शर्माको छोराको उपचारमा सहयोग

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बागलुङले सहयोगको घोषणा गरेको छ ।

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । “जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन सहयोग गर्ने निर्याण गरिएको हो”, उहाँले भन्नुभयो । केही दिनमै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो । नेकपाका नेता, सांसद, जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

दशैँमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो । अमृतको उपचारमा रु ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ । बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियान सञ्चालन गरिएको छ । यसै क्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बागलुङ शाखाले रु ५१ हजार सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी